Skip to main content

नुवाकोटको विकास र समृद्धि नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव हुने एमालेको दाबी

 नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले नुवाकोटको विकास र समृद्धि नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव हुने दाबी गरेका छन्। उनले नुवाकोटको बेलकोटगढी  नगरपालिकामा आयोजित दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै नुवाकोटले पर्यटन, जलविद्युत् र व्यापारका क्षेत्रमा अपार सम्भावना रहेको बताए।



उनका अनुसार केरुङ-काठमाडौँ रेलमार्ग निर्माणपछि नुवाकोटको विकासमा ठूलो कायापलट हुने छ। "पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले रेल ल्याउने कुरा गर्दा धेरैले मजाक गरे, तर अहिले त्यो सम्भव भइरहेको छ। नेपालभन्दा जटिल भूगोल भएका देशहरूमा रेल सञ्चालन भएको छ भने नेपालमा पनि यो सम्भव छ," उनले भने।


भट्टराईले नुवाकोटका महिलाहरूलाई आयआर्जन र रोजगारी सिर्जना गर्नेतर्फ अग्रसर हुन आग्रह गर्दै पुरुषहरूलाई व्यवसाय विस्तारमा लाग्न सुझाव दिए। "पर्यटनलाई नुवाकोटको आर्थिक गतिविधिको केन्द्र बनाउँदा समृद्धि सम्भव छ। केरुङ नाका हुँदै जलविद्युत् निर्यात गर्ने अवसर पनि छ, जसले देशकै अर्थतन्त्रमा योगदान दिन्छ," उनले भने।


उनले एमालेकै नेतृत्वमा नुवाकोटको समृद्धि सम्भव हुने दाबी गर्दै भने, "नुवाकोटमा पर्यटन, जलविद्युत्, र व्यापारका क्षेत्रमा रहेको सम्भावनालाई मूर्त रूप दिन एमाले मात्र सक्षम छ।"


उनले केरुङ नाका हुँदै चीनतर्फ जलविद्युत निर्यात गर्ने सम्भावना औँल्याउँदै यसले नुवाकोटलाई समृद्ध बनाउनेमा आफू विश्वस्त रहेको बताए। "एमालेको अग्रसरतामा मात्रै समृद्ध नुवाकोट बन्छ," उनको दाबी छ

Comments

Popular posts from this blog

हराएको पर्स सुरक्षाकर्मीको सक्रियतामा सकुशल फिर्ता

नुवाकोटको त्रिशूलीबाट काठमाडौं आउँदै गरेको इ.भी. जम्बो हाइसमा यात्रा गरेका शिवपुरी गाउँपालिका-५ निवासी श्री कृष्ण पोखरेलको पर्स हराएको थियो। उक्त पर्समा रु. १०,०६० नगद सहित महत्त्वपूर्ण कागजातहरू रहेका थिए। यात्राका क्रममा पर्स छुटेको जानकारी गुर्जे चौकीमा पुगेपछि चौकीका इन्चार्ज राम बहादुर घिसिङ नेतृत्वको टोलीले तुरुन्तै चेकजाँच गर्यो। खोजतलासका क्रममा सोही गाडीभित्र पर्स फेला परेको थियो। पर्स फेला परेपछि सुरक्षाकर्मीहरूले श्री कृष्ण पोखरेललाई खबर गरेका थिए। उनी काठमाडौंतर्फ यात्रा गरिसकेकाले उनका छोरा गोकुल पोखरेललाई चौकीमा बोलाई आवश्यक प्रमाणिकरणपछि पर्स हस्तान्तरण गरियो। यो घटनाले सुरक्षाकर्मीहरूको ईमानदारिता, सक्रियता तथा जनसेवाप्रति समर्पण झल्काएको छ। पर्स फिर्ता पाएपछि पोखरेल परिवारले सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेको छ।

बेलकोटगढीमा सोनाम ल्होछार विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

बेलकोटगढी, नुवाकोट – तमाङ समुदायको महान् पर्व सोनाम ल्होछार को अवसरमा बेलकोटगढी नगरपालिकामा शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले सांस्कृतिक संरक्षण, सामाजिक एकता, तथा आदिवासी जनजातिको पहिचानलाई थप मजबुत पार्ने विश्वास गरिएको छ। प्रमुख अतिथिद्वारा शुभकामना व्यक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य एवं पूर्व उपसभामुख राधिका तामाङ ले सोनाम ल्होछारको अवसरमा सम्पूर्ण तमाङ समुदायलगायत नेपाली जनतामा समृद्धि, शान्ति, र आपसी भाइचाराको शुभकामना व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "सोनाम ल्होछार केवल तमाङ समुदायको पर्व मात्र होइन, यो नेपालका सम्पूर्ण आदिवासी जनजातिको सांस्कृतिक धरोहर हो। यसको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको जिम्मेवारी हो।" उहाँले थप्दै भन्नुभयो, "समाजमा जातीय सद्भाव, सामाजिक एकता, र संस्कृतिको सम्मान जरुरी छ। हामीले आफ्नो मौलिक पहिचानलाई जोगाउँदै आपसी मेलमिलाप, सहकार्य, र समृद्धिको यात्रामा अघि बढ्नुपर्छ।" विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई गौरवमय बनायो ...

इन्द्रेश्वर युवा समाजद्वारा गरीब, अनाथ तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेलकोटगढी, नुवाकोट – स्थापनाकालदेखि नै सामाजिक सेवामा सक्रिय बेलकोटगढी नगरपालिका वडा नं. ५ मा अवस्थित इन्द्रेश्वर युवा समाज ले ककनी गाउँपालिकाको आँगेटार आधारभूत विद्यालय मा अध्ययनरत गरीब, अनाथ, असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई विद्यालय पोशाक, कपी, पेन्सिल र झोला वितरण गरिएको थियो। यस सहयोगले विद्यार्थीहरूको अध्ययनमा सहजता आउने विश्वास गरिएको छ। समाजले शिक्षा नै उज्ज्वल भविष्यको आधार भएको भन्दै असहाय तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक विकासमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ। विद्यालयका विद्यार्थीहरू, अभिभावकहरू तथा विद्यालय प्रशासनले इन्द्रेश्वर युवा समाज को यो कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई थप प्रेरित गर्ने बताएका छन्। समाजका पदाधिकारीहरूले आगामी दिनमा पनि यस्ता समाजसेवी कार्यहरूलाई निरन्तरता दिने उल्लेख गरेका छन्। स्थानीय तह, संघसंस्था तथा समाजसेवीहरूबाट यस्ता सहयोगी कार्यहरू अघि बढेमा विद्यार्थीहरूको शिक्षामा सकारात्मक प्रभाव पर्ने निश्चित छ। इन्द्रेश्वर युवा समाज...