Skip to main content

मेयर गुरुङको नेतृत्वमा, बेलकोटगढी नगरपालिका समृद्धि र विकासको मार्गमा अघि

  बेलकोटगढी नगरपालिकाका मेयर जगत बहादुर लामा (गुरुङ)ले हालसालै विभिन्न विकास परियोजनाहरूको सुरुवात र सामाजिक सेवाहरूमा सक्रियता देखाउनुभएको छ।




गत कार्तिक २६ गते (नोभेम्बर ११, २०२४) का दिन, उहाँले कोल्पुटार–दुईपिपल–देउराली–झ्याङलि पोखरी सडकको शिलान्यास गर्नुभयो। उक्त कार्यक्रममा मेयर लामाले आफ्नो चुनावी प्रतिबद्धताअनुसार काम गरिरहेको र नगरलाई समृद्धिको बाटोमा अघि बढाइरहेको बताउनुभयो। यस सडक योजनाबाट वडा नम्बर ५, ६, ४, ३ लगायतका नागरिकहरूले प्रत्यक्ष लाभ लिन सक्नेछन्। 


यसैगरी, जेठ २० गते (जुन ३, २०२३) मा गरिमा विकास बैंक लिमिटेडले बेलकोटगढी नगरपालिका वडा नं २, फाँटापौवामा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। उक्त कार्यक्रममा मेयर लामाको उपस्थिति रहेको थियो। शिविरमा करिब ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो, जसमा सामान्य स्वास्थ्य, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोग लगायतका सेवाहरू प्रदान गरिएको थियो। 


मेयर गुरुङको नेतृत्वमा, बेलकोटगढी नगरपालिका समृद्धि र विकासको मार्गमा अघि बढिरहेको छ। विकास निर्माणका कार्यहरू र सामाजिक सेवामा उहाँको सक्रियता स्थानीय बासिन्दाहरूका लागि लाभदायक सावित भइरहेको छ।



Comments

Popular posts from this blog

कविता|डिलबहादुर लामा-नुवाकोट ।‎बेलकोटगढी: पहाडको मुटु

 कविता|डिलबहादुर लामा-नुवाकोट ।‎ ‎बेलकोटगढी: पहाडको मुटु ‎बेलकोटगढी,पालिका पहाडको काख, ‎जहाँ सुन्दरता छ, शान्तिको बाटो साफ। ‎ ‎ ‎डाँडापाख  छहर खोला बग्छन् सुस्तरी, ‎प्रकृतिको काखमा आनन्द भरिन्छ पुरी। ‎ ‎तिम्रो गढी उभ्या छ,समयको कथा, ‎वीरहरूको गाथा,स्वाभिमानको व्यथा। ‎ ‎संघर्षको मैदान,इतिहास पक्कै बोल्छ, ‎स्वतन्त्रताको दीप,तिम्रै बाट फैलिन्छ। ‎ ‎गाउँ बस्ती टोलमा बग्छ मिठो हावा, ‎मिलनको गीत, समर्पणको कावा। ‎ ‎ ‎मठ मन्दिरमा प्रार्थन सधैभरी पूजा, ‎बहु धर्म,जात,भाषा श्रद्धाको धुझा। ‎ ‎ओहो! बेलकोटगढी, गौरवमय नाम, ‎तिमी नै नुवाकोटमा सुन्दरताको धाम। ‎ ‎तिम्रो कथा अमर छ,बिश्वसामु सन्देश, ‎प्रकृतिको उपहार, जीवनको विशेष। ‎ ‎

नुवाकोट र धादिङ जोड्ने कोल्पु खोलामा अस्थायी पुल निर्माण

डिलबहादुर लामा-नुवाकोट। नुवाकोट र धादिङ जिल्लालाई जोड्ने कोल्पु खोलामा सडक सफाइ अभाव र यातायात समस्या उत्पन्न भएपछि दुबै जिल्लाका युवाहरूको सक्रियतामा केही समयलाई चल्ने अस्थायी पुल निर्माण गरिएको छ। खोलाको पानीको बहावका कारण आवतजावत नियमित अवरुद्ध हुने समस्या समाधानका लागि स्थानीय युवा समूहहरूले आफ्नै पहलमा यो काम थालेका हुन्। दुबै जिल्लाका युवाहरूको संयुक्त प्रयासमा थोरै समयमै अस्थायी पुल निर्माण गरी स्थानीय बासिन्दा र यात्रुहरूलाई आवागमनमा सहजता प्रदान गरिएको छ। धादिङका युवा कुमार तामाङले भने, "हामीले लामो समयसम्म यो समस्याको समाधान नभएको देख्यौं। सरकारले ध्यान नदिएकाले हामी आफैंले यो पहल गरेका हौं।" नुवाकोटका युवा सुनिल तामाङका अनुसार, अस्थायी पुल निर्माण गर्न आवश्यक काठ र अन्य सामग्री स्थानीय रूपमा संकलन गरिएको थियो। निर्माण कार्यमा दुबै जिल्लाका युवाहरू सहभागी भएका थिए। स्थानीय बासिन्दा र यात्रीहरूले यो पहलको प्रशंसा गरेका छन्। उनीहरूले स्थायी समाधानका लागि सरकारलाई चाँडो कदम चाल्न आग्रह गरेका छन्। युवाहरूको यो उदाहरणले समस्या समाधानमा सामुदायिक एकताको महत्त्वलाई उजागर ग...

हराएको पर्स सुरक्षाकर्मीको सक्रियतामा सकुशल फिर्ता

नुवाकोटको त्रिशूलीबाट काठमाडौं आउँदै गरेको इ.भी. जम्बो हाइसमा यात्रा गरेका शिवपुरी गाउँपालिका-५ निवासी श्री कृष्ण पोखरेलको पर्स हराएको थियो। उक्त पर्समा रु. १०,०६० नगद सहित महत्त्वपूर्ण कागजातहरू रहेका थिए। यात्राका क्रममा पर्स छुटेको जानकारी गुर्जे चौकीमा पुगेपछि चौकीका इन्चार्ज राम बहादुर घिसिङ नेतृत्वको टोलीले तुरुन्तै चेकजाँच गर्यो। खोजतलासका क्रममा सोही गाडीभित्र पर्स फेला परेको थियो। पर्स फेला परेपछि सुरक्षाकर्मीहरूले श्री कृष्ण पोखरेललाई खबर गरेका थिए। उनी काठमाडौंतर्फ यात्रा गरिसकेकाले उनका छोरा गोकुल पोखरेललाई चौकीमा बोलाई आवश्यक प्रमाणिकरणपछि पर्स हस्तान्तरण गरियो। यो घटनाले सुरक्षाकर्मीहरूको ईमानदारिता, सक्रियता तथा जनसेवाप्रति समर्पण झल्काएको छ। पर्स फिर्ता पाएपछि पोखरेल परिवारले सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेको छ।