झापा, कचनकवल— नेपाली कांग्रेस कोशी प्रदेशको आयोजनामा कचनकवल गाउँपालिकामा "कचनकवल-सगरमाथा जागरण अभियान" सफलतापूर्वक सम्पन्न भएको छ। अभियान २०८१ साल पौष २४ गते बुधबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म कचनकवल-४ स्थित कचनकवल स्तम्भमा आयोजित गरिएको थियो।
कार्यक्रमको उद्देश्य संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिको आधार निर्माण, तथा जलवायु परिवर्तनका प्रभावको पहिचान गर्ने रहेको थियो।
यस अभियानमा नेपाली कांग्रेसका स्थानीय तथा प्रादेशिक नेताहरू, बुद्धिजीवी, सामाजिक अभियन्ता, र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले संगठनको सुदृढीकरण र जलवायु परिवर्तनले स्थानीय क्षेत्रमा पारेको प्रभावबारे आफ्ना विचार राखेका थिए।
उक्त कार्यक्रममा सहभागीहरूले क्षेत्रीय विकासका आधारहरू पहिचान गर्दै संगठनलाई थप मजबुत बनाउने योजनाबारे समेत छलफल गरेका थिए।
कार्यक्रमले स्थानीय बासिन्दामा जागरुकता जगाउनुका साथै जलवायु परिवर्तन र स्थानीय विकासका सम्भावनाहरूबारे नयाँ दृष्टिकोण प्रदान गरेको सहभागीहरूले बताए।

Comments
Post a Comment