Skip to main content

राप्ती गाउँपालिकामा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

 

सिसहनियाँ|दाङ देउखुरीको राप्ती गाउँपालिकामा स्थित चार सामुदायिक विद्यालयका तीन सयभन्दा बढी विपन्न विद्यार्थीलाई शुक्रबार न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ।


गाउँपालिकाको सहकार्यमा क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई जाडो मौसमका लागि न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको हो। यस कार्यको उद्देश्य विद्यालयमा अध्ययन गर्न कठिनाइ भोगिरहेका र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको शैक्षिक उपलब्धि सुधार्नु रहेको छ।


राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको रोहबरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङका १४२, बाल कल्याण आधारभूत विद्यालय पहरुवाका ११, सगरमाथा प्राथमिक विद्यालय भुल्केका ४५ र सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनियाँका ७३ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको थियो।


त्यस्तै, सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनियाँका कक्षा ६ देखि ८ सम्मका ६५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको जानकारी सिपी नेपाल संस्थाकी महिला सशक्तीकरण संयोजक सरिता चौधरीले दिइन्।


यसअघि पनि सिपी नेपाल संस्थाले सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ र प्राथमिक विद्यालय थकरीकोटका ८३ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको थियो।


यो कार्यले विपन्न र परिष्कृत विद्यार्थीहरूको शैक्षिक यात्रा सजिलो र प्रोत्साहक बनाउने विश्वास व्यक्त गरिएको छ।



Comments

Popular posts from this blog

कविता|डिलबहादुर लामा-नुवाकोट ।‎बेलकोटगढी: पहाडको मुटु

 कविता|डिलबहादुर लामा-नुवाकोट ।‎ ‎बेलकोटगढी: पहाडको मुटु ‎बेलकोटगढी,पालिका पहाडको काख, ‎जहाँ सुन्दरता छ, शान्तिको बाटो साफ। ‎ ‎ ‎डाँडापाख  छहर खोला बग्छन् सुस्तरी, ‎प्रकृतिको काखमा आनन्द भरिन्छ पुरी। ‎ ‎तिम्रो गढी उभ्या छ,समयको कथा, ‎वीरहरूको गाथा,स्वाभिमानको व्यथा। ‎ ‎संघर्षको मैदान,इतिहास पक्कै बोल्छ, ‎स्वतन्त्रताको दीप,तिम्रै बाट फैलिन्छ। ‎ ‎गाउँ बस्ती टोलमा बग्छ मिठो हावा, ‎मिलनको गीत, समर्पणको कावा। ‎ ‎ ‎मठ मन्दिरमा प्रार्थन सधैभरी पूजा, ‎बहु धर्म,जात,भाषा श्रद्धाको धुझा। ‎ ‎ओहो! बेलकोटगढी, गौरवमय नाम, ‎तिमी नै नुवाकोटमा सुन्दरताको धाम। ‎ ‎तिम्रो कथा अमर छ,बिश्वसामु सन्देश, ‎प्रकृतिको उपहार, जीवनको विशेष। ‎ ‎

नुवाकोट र धादिङ जोड्ने कोल्पु खोलामा अस्थायी पुल निर्माण

डिलबहादुर लामा-नुवाकोट। नुवाकोट र धादिङ जिल्लालाई जोड्ने कोल्पु खोलामा सडक सफाइ अभाव र यातायात समस्या उत्पन्न भएपछि दुबै जिल्लाका युवाहरूको सक्रियतामा केही समयलाई चल्ने अस्थायी पुल निर्माण गरिएको छ। खोलाको पानीको बहावका कारण आवतजावत नियमित अवरुद्ध हुने समस्या समाधानका लागि स्थानीय युवा समूहहरूले आफ्नै पहलमा यो काम थालेका हुन्। दुबै जिल्लाका युवाहरूको संयुक्त प्रयासमा थोरै समयमै अस्थायी पुल निर्माण गरी स्थानीय बासिन्दा र यात्रुहरूलाई आवागमनमा सहजता प्रदान गरिएको छ। धादिङका युवा कुमार तामाङले भने, "हामीले लामो समयसम्म यो समस्याको समाधान नभएको देख्यौं। सरकारले ध्यान नदिएकाले हामी आफैंले यो पहल गरेका हौं।" नुवाकोटका युवा सुनिल तामाङका अनुसार, अस्थायी पुल निर्माण गर्न आवश्यक काठ र अन्य सामग्री स्थानीय रूपमा संकलन गरिएको थियो। निर्माण कार्यमा दुबै जिल्लाका युवाहरू सहभागी भएका थिए। स्थानीय बासिन्दा र यात्रीहरूले यो पहलको प्रशंसा गरेका छन्। उनीहरूले स्थायी समाधानका लागि सरकारलाई चाँडो कदम चाल्न आग्रह गरेका छन्। युवाहरूको यो उदाहरणले समस्या समाधानमा सामुदायिक एकताको महत्त्वलाई उजागर ग...

हराएको पर्स सुरक्षाकर्मीको सक्रियतामा सकुशल फिर्ता

नुवाकोटको त्रिशूलीबाट काठमाडौं आउँदै गरेको इ.भी. जम्बो हाइसमा यात्रा गरेका शिवपुरी गाउँपालिका-५ निवासी श्री कृष्ण पोखरेलको पर्स हराएको थियो। उक्त पर्समा रु. १०,०६० नगद सहित महत्त्वपूर्ण कागजातहरू रहेका थिए। यात्राका क्रममा पर्स छुटेको जानकारी गुर्जे चौकीमा पुगेपछि चौकीका इन्चार्ज राम बहादुर घिसिङ नेतृत्वको टोलीले तुरुन्तै चेकजाँच गर्यो। खोजतलासका क्रममा सोही गाडीभित्र पर्स फेला परेको थियो। पर्स फेला परेपछि सुरक्षाकर्मीहरूले श्री कृष्ण पोखरेललाई खबर गरेका थिए। उनी काठमाडौंतर्फ यात्रा गरिसकेकाले उनका छोरा गोकुल पोखरेललाई चौकीमा बोलाई आवश्यक प्रमाणिकरणपछि पर्स हस्तान्तरण गरियो। यो घटनाले सुरक्षाकर्मीहरूको ईमानदारिता, सक्रियता तथा जनसेवाप्रति समर्पण झल्काएको छ। पर्स फिर्ता पाएपछि पोखरेल परिवारले सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेको छ।