Skip to main content

विजय तामाङको कृषिमा सफलता र समाजसेवामा योगदान

डिलबहादुर लामा-दियाले।नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वार्ड नम्बर ४, दियालेका विजय तामाङ लामो समयदेखि कृषिमा समर्पित छन्। उहाँको प्रमुख व्यवसाय तरकारी खेती र कुखुरा पालन हो, जसमा आलु, काउली, लसुन, बन्दा र प्याज खेती गर्दै आएको छ। साथै, उहाँले अण्डा दिने कुखुरा र ब्रोइलर पनि पालन गर्दै परिवारलाई आर्थक रुपमा सबल बनाइरहनुभएको छ।



तरकारी खेती र कुखुरा पालनमा उत्कृष्ट व्यवस्थापनका कारण विजय दाइले राम्रो आर्थिक फाइदा प्राप्त गर्नु भएको छ। उहाँको कृषिको मेहनत र सिपले न केवल आफ्नो परिवारको जीवनस्तर उकास्नमा मद्दत पुर्याएको छ, तर उहाँका छिमेकी र स्थानीय समुदायलाई पनि कृषि उत्पादनमा उत्साहित गराएको छ।


विजय तामाङ कृषक मात्र नभई, कृश्चियन धर्मका एक सक्रिय पास्टर पनि हुनुहुन्छ।उहाँले धर्मका संदेशसँगै समाजसेवामा पनि योगदान पुर्याउँदै, असहाय र पीडित व्यक्तिहरूसँग सहकार्य गर्दै आएका छन्। विजय दाइको योगदान र श्रमशीलता समुदायमा प्रेरणाको स्रोत बनेको छ।


उहाँका श्रीमती पनि यस कार्यमा साथ दिनुहुन्छ, र दम्पती मिलेर कृषिकर्म र समाजसेवामा अभूतपूर्व सफलतासँग अघि बढ्दै आएका छन्। परिवारका दुई छोरा रहेका छन्, जसमा जेठो छोरा विदेशमा कार्यरत छन्। विजय तामाङको जीवनशैली र कार्यशैलीले एकता, समर्पण र परिश्रमको असल उदाहरण प्रस्तुत गरेको छ।


यस प्रकारको बहु-आयामिक योगदानले उहाँको क्षेत्रका अन्य कृषकहरूलाई पनि प्रेरित गर्ने काम गरेको छ, र समग्र समुदायमा सकारात्मक प्रभाव परेको छ।


Comments

Popular posts from this blog

कविता|डिलबहादुर लामा-नुवाकोट ।‎बेलकोटगढी: पहाडको मुटु

 कविता|डिलबहादुर लामा-नुवाकोट ।‎ ‎बेलकोटगढी: पहाडको मुटु ‎बेलकोटगढी,पालिका पहाडको काख, ‎जहाँ सुन्दरता छ, शान्तिको बाटो साफ। ‎ ‎ ‎डाँडापाख  छहर खोला बग्छन् सुस्तरी, ‎प्रकृतिको काखमा आनन्द भरिन्छ पुरी। ‎ ‎तिम्रो गढी उभ्या छ,समयको कथा, ‎वीरहरूको गाथा,स्वाभिमानको व्यथा। ‎ ‎संघर्षको मैदान,इतिहास पक्कै बोल्छ, ‎स्वतन्त्रताको दीप,तिम्रै बाट फैलिन्छ। ‎ ‎गाउँ बस्ती टोलमा बग्छ मिठो हावा, ‎मिलनको गीत, समर्पणको कावा। ‎ ‎ ‎मठ मन्दिरमा प्रार्थन सधैभरी पूजा, ‎बहु धर्म,जात,भाषा श्रद्धाको धुझा। ‎ ‎ओहो! बेलकोटगढी, गौरवमय नाम, ‎तिमी नै नुवाकोटमा सुन्दरताको धाम। ‎ ‎तिम्रो कथा अमर छ,बिश्वसामु सन्देश, ‎प्रकृतिको उपहार, जीवनको विशेष। ‎ ‎

नुवाकोट र धादिङ जोड्ने कोल्पु खोलामा अस्थायी पुल निर्माण

डिलबहादुर लामा-नुवाकोट। नुवाकोट र धादिङ जिल्लालाई जोड्ने कोल्पु खोलामा सडक सफाइ अभाव र यातायात समस्या उत्पन्न भएपछि दुबै जिल्लाका युवाहरूको सक्रियतामा केही समयलाई चल्ने अस्थायी पुल निर्माण गरिएको छ। खोलाको पानीको बहावका कारण आवतजावत नियमित अवरुद्ध हुने समस्या समाधानका लागि स्थानीय युवा समूहहरूले आफ्नै पहलमा यो काम थालेका हुन्। दुबै जिल्लाका युवाहरूको संयुक्त प्रयासमा थोरै समयमै अस्थायी पुल निर्माण गरी स्थानीय बासिन्दा र यात्रुहरूलाई आवागमनमा सहजता प्रदान गरिएको छ। धादिङका युवा कुमार तामाङले भने, "हामीले लामो समयसम्म यो समस्याको समाधान नभएको देख्यौं। सरकारले ध्यान नदिएकाले हामी आफैंले यो पहल गरेका हौं।" नुवाकोटका युवा सुनिल तामाङका अनुसार, अस्थायी पुल निर्माण गर्न आवश्यक काठ र अन्य सामग्री स्थानीय रूपमा संकलन गरिएको थियो। निर्माण कार्यमा दुबै जिल्लाका युवाहरू सहभागी भएका थिए। स्थानीय बासिन्दा र यात्रीहरूले यो पहलको प्रशंसा गरेका छन्। उनीहरूले स्थायी समाधानका लागि सरकारलाई चाँडो कदम चाल्न आग्रह गरेका छन्। युवाहरूको यो उदाहरणले समस्या समाधानमा सामुदायिक एकताको महत्त्वलाई उजागर ग...

हराएको पर्स सुरक्षाकर्मीको सक्रियतामा सकुशल फिर्ता

नुवाकोटको त्रिशूलीबाट काठमाडौं आउँदै गरेको इ.भी. जम्बो हाइसमा यात्रा गरेका शिवपुरी गाउँपालिका-५ निवासी श्री कृष्ण पोखरेलको पर्स हराएको थियो। उक्त पर्समा रु. १०,०६० नगद सहित महत्त्वपूर्ण कागजातहरू रहेका थिए। यात्राका क्रममा पर्स छुटेको जानकारी गुर्जे चौकीमा पुगेपछि चौकीका इन्चार्ज राम बहादुर घिसिङ नेतृत्वको टोलीले तुरुन्तै चेकजाँच गर्यो। खोजतलासका क्रममा सोही गाडीभित्र पर्स फेला परेको थियो। पर्स फेला परेपछि सुरक्षाकर्मीहरूले श्री कृष्ण पोखरेललाई खबर गरेका थिए। उनी काठमाडौंतर्फ यात्रा गरिसकेकाले उनका छोरा गोकुल पोखरेललाई चौकीमा बोलाई आवश्यक प्रमाणिकरणपछि पर्स हस्तान्तरण गरियो। यो घटनाले सुरक्षाकर्मीहरूको ईमानदारिता, सक्रियता तथा जनसेवाप्रति समर्पण झल्काएको छ। पर्स फिर्ता पाएपछि पोखरेल परिवारले सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेको छ।