काठमाडौं, बालाजु – नेपाल झाँक्री संघको १०औं वार्षिक साधारण सभा कार्यक्रम २०८१ साल फाल्गुन ३ गते शनिबार नेपाल झाँक्री संघको केन्द्रीय कार्यालय, बालाजुमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सभाध्यक्ष नेपाल झाँक्री संघका अध्यक्ष तथा बोन धर्म गुरु श्री चेत बहादुर थिङ रहनुभएको थियो।
प्रमुख अतिथि रूपमा बोन अर्थात् झाँक्री संस्कार संस्कृतिको खोज तथा अनुसन्धानकर्ता खोज राज गोले उपस्थित हुनुभएको थियो।
त्यस्तै, विशेष अतिथिहरूमा—
- तामाङ संस्कार तथा संस्कृति संरक्षण र प्रवर्द्धन गर्दै आउनुभएका फुल कुमार बोम्जन तामाङ,
- नेपाल झाँक्री संघको उपशाखा काभ्रे जिल्ला शाखा बेथानचोक महाकाल चौर-६ का अध्यक्ष तथा बोन धर्म गुरु नारायण सिं तामाङ,
- नेपाल झाँक्री संघको उपशाखा धादिङ जिल्ला शाखा खनियाबास-४ का अध्यक्ष तथा बोन धर्म गुरु कान्छा राम तामाङ लगायत,
- नेपाल झाँक्री संघको केन्द्रीय कार्यसमिति सदस्यहरू तथा देशभरका झाँक्री सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा झाँक्री संस्कार, संस्कृतिको संरक्षण, अध्ययन-अनुसन्धान, तथा भावी रणनीतिबारे विशेष छलफल भएको थियो।
नेपाल झाँक्री संघले झाँक्री परम्पराको पहिचान, अध्ययन, संरक्षण तथा प्रवर्द्धन गर्दै आउनुका साथै, समुदायमा रहेको झाँक्री परम्परालाई व्यवस्थित र सकारात्मक रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।
साधारण सभाले **

Comments
Post a Comment