Skip to main content

Posts

सचिन परियार आत्मा बोलावट प्रकरण: झाँक्री राजु श्रेष्ठ विवादमा

झापा, बिर्तामोड – बाल गायक सचिन परियारको असामायिक निधनपछि, झापा बिर्तामोडका झाँक्री राजु श्रेष्ठमाथि आत्मा बोलाएर समाजमा विकृति फैलाउने आरोप लागेको छ। समाजिक सञ्जाल र विभिन्न माध्यममा सचिनको आत्मा बोलाएको नाममा सार्वजनिक भावनामा खेलबाड भएको र सामाजिक सद्भाव भड्काउने गतिविधि गरेको भन्दै आलोचना भइरहेको छ। नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङले यस विषयमा कडा आपत्ति जनाउँदै नेपाल राष्ट्रिय धामी वैद्य संघका अध्यक्ष सिताराम पुरीलाई फोनमार्फत तुरुन्तै कारबाही गर्न आग्रह गरेका छन्। उनले यस्ता गतिविधिले झाँक्री समुदायको प्रतिष्ठामा आँच पुर्‍याउने र समाजमा अनावश्यक अराजकता निम्त्याउने चेतावनी दिएका छन्। सचिन परियार, जो आफ्नो सुमधुर गायनले बाल्यकालमै चर्चामा आएका थिए, उनको असामयिक निधनले सम्पूर्ण देश शोकमा डुबेको छ। यस्तै संवेदनशील घडीमा झाँक्री राजु श्रेष्ठले आत्मा बोलाएको दाबी गर्दै समाजिक सञ्जालमा विभिन्न हल्ला फैलाएको आरोप लागेका छन्। नेपाल राष्ट्रिय धामी वैद्य संघका अध्यक्ष सिताराम पुरीले यस विषयमा छानबिन गर्न प्रतिवद्धता जनाएका छन्। उनले भने, "यस्ता कार्य कुनै पनि हालतमा स्वीकार्य...

श्री तिलकेश्वर आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न

बेलकोटगढी|बेलकोटगढी नगरपालिका स्थित श्री तिलकेश्वर आधारभूत विद्यालयमा  अभिभावक भेला सम्पन्न भएको छ। उक्त भेलामा प्रमुख आतिथ्यका रूपमा बेलकोटगढी नगर प्रमुख श्री जगत बहादुर गुरुङ र विशेष आतिथ्यका रूपमा वडा नं. ४ का वडा अध्यक्ष श्री चन्द्र बहादुर लामा उपस्थित रहेका थिए। अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका नयाँ सदस्यहरूको चयन प्रक्रिया समेत सम्पन्न भएको थियो। सर्वसम्मत  मनोनयन निम्नलिखित व्यक्तिहरूलाई विद्यालय व्यवस्थापन समितिको चार सदस्यहरु साथै थप दुई सदस्यको रूपमा चयन गरिएको छ: 1. सुकुमान तामङ 2. भावना अधिकारी (सुबेदी) 3. सरस्वती भण्डारी (सुबेदी) 4. भिम बहादुर तामाङ 5. सुस्मा तामाङ 6. होम बहादुर सुबेदि चयन गरिएका सदस्यहरूले विद्यालयको व्यवस्थापन र शैक्षिक गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्। यस अवसरमा नगर प्रमुख गुरुङले विद्यालयको समग्र सुधार र प्रगति लागि सरकारको पूर्ण समर्थन जारी राख्ने बताएका छन्। साथै, वडा अध्यक्ष लामाले विद्यालयको गतिविधिहरूमा अभिभावकहरूको अधिक संलग्नता र समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएका...

‎संविधानमा निःशुल्क शिक्षा, व्यवहारमा शुल्कको बोझ

‎नुवाकोट: संविधानले नेपालको हरेक नागरिकलाई निःशुल्क शिक्षा प्रदान गर्ने हक सुनिश्चित गरेको छ। तर व्यवहारमा, विभिन्न विद्यालयहरूले परीक्षा फाराम, रजिस्ट्रेशन फाराम, र प्रमाणपत्र वितरणको नाममा विद्यार्थीहरूबाट पैसा लिने गरेका छन्। यो स्थिति संविधानको मर्मविपरीत भएको भन्दै अभिभावक र विद्यार्थीहरूले गुनासो गर्दै आएका छन्। ‎ ‎अभिभावकहरूको भनाइ छ, "सरकारले निःशुल्क शिक्षा भने पनि विद्यालयहरूले बारम्बार शुल्क उठाएर आर्थिक बोझ थपिरहेका छन्। सरकारको दाबी र विद्यालयको व्यवहारमा ठुलो अन्तर देखिन्छ।" ‎ ‎विद्यालय प्रशासनको तर्क छ कि सरकारी अनुदानले विद्यालयको सबै खर्च धान्न नसक्ने भएकाले उनीहरू बाध्य भएर शुल्क लिनुपर्छ। "हामीलाई सरकारबाट पर्याप्त बजेट प्राप्त हुँदैन। प्रशासनिक काम र अतिरिक्त सेवाका लागि विद्यार्थीहरूबाट रकम लिनुपर्ने अवस्था छ," एक विद्यालय प्रधानाध्यापकले भने। ‎ ‎शिक्षा अधिकारकर्मीहरूले भने यो प्रवृत्तिले संविधानको भावनालाई कमजोर बनाउने र समान शिक्षाको अवधारणालाई असर पार्ने बताएका छन्। उनीहरूले शिक्षा क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न र संविधानको मर्...

‎इन्द्रेश्वर युवा समाजद्वारा शैक्षिक सामग्री वितरण कार्यक्रम घोषणा

नुवाकोट, बेलकोटगढी नगरपालिका–५, लामाचौरमा रहेको इन्द्रेश्वर युवा समाजले अनाथ, असाय, अतिविपन्न, तथा गरिब बालबालिकाहरूको शिक्षामा सहयोग पुर्‍याउन शैक्षिक सामग्री वितरण तथा व्यवस्थापन अभियानको निरन्तरता दिने भएको छ। ‎ ‎आगामी २०८१ साल माघ ११ गते, श्री कामरुदेवी माध्यमिक विद्यालय, बेलकोटगढी न.पा.–५ मा अध्ययनरत बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिनेछ। क्लबका अध्यक्ष राजिब नेपालका अनुसार, यस अभियान अन्तर्गत विद्यालयका आर्थिक अभावका कारण शिक्षामा समस्या भोगिरहेका बालबालिकाहरूलाई कापी, कलम, पुस्तक, झोला लगायतका सामग्री वितरण गरिनेछ। ‎ ‎क्लबले जनाएको छ: ‎"यो अभियानले शिक्षाको महत्व बुझ्न र आर्थिक अवस्थाका कारण पछि परेका बालबालिकाहरूलाई अवसर सिर्जना गर्न मद्दत गर्नेछ।" ‎ ‎इन्द्रेश्वर युवा समाजले विगतदेखि नै शिक्षा, स्वास्थ्य, र सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ। यस पटकको कार्यक्रमले विद्यालयका बालबालिकाहरूमा अध्ययनप्रति उत्साह जागृत गर्ने अपेक्षा गरिएको छ। ‎ ‎समाजले सम्पूर्ण स्थानीयहरूलाई कार्यक्रममा सहभागी भई सहयोग र समर्थन गर्न अनुरोध गरेको छ। ‎ ‎

नवौं झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता - २०८१ को तयारी तीव्र

नुवाकोट, बेलकोटगढी— बेलकोटगढी नगरपालिका वडा नं. ५ को आयोजनामा नवौं झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता - २०८१ आगामी माघ ५ गते शनिबारका दिन आयोजना हुने भएको छ। प्रतियोगिताको संयोजन तथा प्राविधिक सहयोग एथलेटिक्स परिवार, नेपालले गर्नेछ। कार्यक्रम विवरण मिति: २०८१ माघ ५ गते, शनिबार समय: बिहान ९:३० बजे स्थान: कोल्पुटार, बेलकोटगढी नगरपालिका प्रतियोगिताका इभेन्टहरू: 1. 13.5 किमि खुल्ला पुरुष/महिला 2. 13.5 किमि खुल्ला स्थानिय पुरुष 3. 4.5 किमि स्थानिय १६ वर्ष मुनि (छात्र/छात्रा) 4. 4.5 किमि स्थानिय ४५ वर्ष माथि पुरुष 5. भेट्रान खुल्ला 13.5 किमि (पुरुष ४५ वर्ष माथि) 6. 4.5 किमि स्थानिय आमा समूह नगद पुरस्कार विवरण: प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। दर्ता र जानकारीका लागि: दर्ता शुल्क: रु.१५०/- प्रति खेलाडी दर्ता अन्तिम मिति: माघ ३ गते, बिहीबार दिउँसो १ बजेसम्म दर्ता स्थानहरू: एथलेटिक्स परिवार, नेपाल, त्रिपुरेश्वर होटल जनक, टेकु रोड, त्रिपुरेश्वर बेलकोटगढी नगरपालिका वडा नं. ५ कार्यालय विशेष व्यवस्था: सहभागी खेलाडीहरूका लागि माघ ५ गते बिहान ६:३० बजे दशरथ रंगशाला, त्रि...

कचनकवल-सगरमाथा जागरण अभियान सम्पन्न

झापा, कचनकवल— नेपाली कांग्रेस कोशी प्रदेशको आयोजनामा कचनकवल गाउँपालिकामा "कचनकवल-सगरमाथा जागरण अभियान" सफलतापूर्वक सम्पन्न भएको छ। अभियान २०८१ साल पौष २४ गते बुधबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म कचनकवल-४ स्थित कचनकवल स्तम्भमा आयोजित गरिएको थियो। कार्यक्रमको उद्देश्य संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिको आधार निर्माण, तथा जलवायु परिवर्तनका प्रभावको पहिचान गर्ने रहेको थियो। यस अभियानमा नेपाली कांग्रेसका स्थानीय तथा प्रादेशिक नेताहरू, बुद्धिजीवी, सामाजिक अभियन्ता, र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले संगठनको सुदृढीकरण र जलवायु परिवर्तनले स्थानीय क्षेत्रमा पारेको प्रभावबारे आफ्ना विचार राखेका थिए। उक्त कार्यक्रममा सहभागीहरूले क्षेत्रीय विकासका आधारहरू पहिचान गर्दै संगठनलाई थप मजबुत बनाउने योजनाबारे समेत छलफल गरेका थिए। कार्यक्रमले स्थानीय बासिन्दामा जागरुकता जगाउनुका साथै जलवायु परिवर्तन र स्थानीय विकासका सम्भावनाहरूबारे नयाँ दृष्टिकोण प्रदान गरेको सहभागीहरूले बताए।

राप्ती गाउँपालिकामा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

  सिसहनियाँ|दाङ देउखुरीको राप्ती गाउँपालिकामा स्थित चार सामुदायिक विद्यालयका तीन सयभन्दा बढी विपन्न विद्यार्थीलाई शुक्रबार न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ। गाउँपालिकाको सहकार्यमा क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई जाडो मौसमका लागि न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको हो। यस कार्यको उद्देश्य विद्यालयमा अध्ययन गर्न कठिनाइ भोगिरहेका र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको शैक्षिक उपलब्धि सुधार्नु रहेको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको रोहबरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङका १४२, बाल कल्याण आधारभूत विद्यालय पहरुवाका ११, सगरमाथा प्राथमिक विद्यालय भुल्केका ४५ र सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनियाँका ७३ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको थियो। त्यस्तै, सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनियाँका कक्षा ६ देखि ८ सम्मका ६५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको जानकारी सिपी नेपाल संस्थाकी महिला सशक्तीकरण संयोजक सरिता चौधरीले दिइन्। यसअघि पनि सिपी नेपाल स...